फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान अब कति तिर्नुपर्छ हेर्नुस् (सूचीसहित) - सिधा मिडिया



फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान अब कति तिर्नुपर्छ हेर्नुस् (सूचीसहित)

    २७ जेष्ठ २०७९, शुक्रबार १६:३२  मा प्रकाशित
120 जनाले पढ़िसके




काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।

यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि गरिएको छ । विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस