काठमाडौंमा एकबिहानै भूकम्प, हल्लायो उपत्यकासहित आसपासका जिल्ला - सिधा मिडिया



काठमाडौंमा एकबिहानै भूकम्प, हल्लायो उपत्यकासहित आसपासका जिल्ला

    २८ जेष्ठ २०७९, शनिबार ०६:२६  मा प्रकाशित
201 जनाले पढ़िसके




काठमाडौं । शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस