काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर एक जना पुरुष ९ बजेदेखि हिँडिरहेका छन् । उनी हन् नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विक ।
परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका छन् । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।
तर, अचम्मको कुराचाहिँ उनले तारको लठारो समात्दै हिँड्दा पनि उनलाई कुनै करेन्ट लागेको छैन । यो देखेर स्थानीय अचम्मित र त्रसित छन् । तैपनि उनी ६ घण्टादेखि तारको लठारो समातेर हिँडिरहेका छन् ।
यस विषयमा ककनी प्रहरी कार्यालयलाई खबर गरिसकिएको र प्रहरी पनि घटना स्थानमा आइपुगेका छन् । उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका छन् । तल ओराल्न सकिएको छैन ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस