सिद्धार्थ बैंकले पायो ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति - सिधा मिडिया



सिद्धार्थ बैंकले पायो ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति

    २९ जेष्ठ २०७९, आईतवार १०:४८  मा प्रकाशित
110 जनाले पढ़िसके




काठमाडौं। सिद्धार्थ बैंकले ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति प्राप्त गरेको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्काशन गर्नको लागि अनुमति दिएको हो।

बैंकले जारी हुने ऋणपत्रमध्ये १६ लाख कित्ता सर्वसधारणका लागि र बाँकी २४ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।

बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्यमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ। यस ऋणपत्रमा निष्काशन तथा बिक्री प्रवन्धकको कुमारी क्यापिटल रहेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस