इम्बोस्ड नम्बरकाे उपयोगिता तत्काल देखिएन, पुरानै कागजात बोक्नुपर्ने - सिधा मिडिया



इम्बोस्ड नम्बरकाे उपयोगिता तत्काल देखिएन, पुरानै कागजात बोक्नुपर्ने

    २९ जेष्ठ २०७९, आईतवार १०:५५  मा प्रकाशित
106 जनाले पढ़िसके




काठमाडौं । सवारी साधनलाई नयाँ इम्बोस्ड नम्बर उपलब्ध गराइए पनि नवीकरणलगायत कार्यका लागि साविककै सवारी नम्बर आवश्यक पर्ने भएको छ।

सवारी साधनमा नयाँ इम्बोस्ड नम्बर प्लेट राखे पनि सवारी धनीले ब्लूबुक बोक्नैपर्ने र सवारी साधनको पुराने नम्बरका आधारबाट नवीकरण तथा नामसारी गर्नुपर्न हुँदा इम्बोस्ड नम्बरको उपयोगिता तत्काल देखिएको छैन।

भेहिकल रजिस्टर प्रणाली (भीआरएस) लागू नहुँदासम्म पुरानै नम्बर आवश्यक रहने यातायात व्यवस्था विभागले जनाएको छ। सवारी साधनमा इम्बोस्ड नम्बर लिएपछि भीआरएसबाट सवारीको अवस्थाबारे अनलाइनबाट हेर्न मिल्छ। तर सडकमा ट्राफिक प्रहरीले जाँच गर्दा हाल भएका सबै कागजात देखाउनुपर्छ। विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हाल सबै कागजात र प्रमाण कागजी फाइलमा रहेको र इम्बोस्ड नम्बर प्लेट लागू भएपछि डाटा केन्द्रीय प्रणालीमा रहने बताए।

यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस