पब्जी हत्याकाण्ड, १० घण्टासम्म जिउँदो थिइन् आमा : छोराले राती २ बजे गोली हाने, भोलिपल्ट १२ बजेसम्म तड्पिरहिन् - सिधा मिडिया



पब्जी हत्याकाण्ड, १० घण्टासम्म जिउँदो थिइन् आमा : छोराले राती २ बजे गोली हाने, भोलिपल्ट १२ बजेसम्म तड्पिरहिन्

    ३० जेष्ठ २०७९, सोमबार १६:०४  मा प्रकाशित
302 जनाले पढ़िसके




भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।

साधना सिंहको हत्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्रहरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा

राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस