व्यक्तिगत कर छुटको सीमा बढ्यो, अब तपाईंको भागमा यति दिनुपर्ने ? - सिधा मिडिया






व्यक्तिगत कर छुटको सीमा बढ्यो, अब तपाईंको भागमा यति दिनुपर्ने ?

    ३० जेष्ठ २०७९, सोमबार २०:५९  मा प्रकाशित
199 जनाले पढ़िसके









काठमाडौं । राजस्वको दायरा बढाउने लक्ष्य राखेको सरकारले बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएको छ ।

कर छुटको सीमा अविवाहितका लागि ५ लाख र दम्पत्तीका हकमा ६ लाख पुर्याइएको छ । यसबाट मध्यमवर्गीय परिवारलाई राहत पुग्ने छ ।

अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाखसम्म आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे पुग्ने छ ।

यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । यस अघि यस्तो कर छुटको समिा अविवाहित व्यक्तिको हकमा ४ लाख ।

दम्पत्तिको हकमा साढें ४ लाख रुपैयाँ रहेको थियो । विगत ३ बर्षदेखि सीमा पुनरावलोकन नभएको र मूल्य वृृद्धि उच्च हुँदै गएका कारण कर छुटको सीमा बढाउन माग हुँदै आएको थियो ।

यसैगरी, सरकारले निजामति कर्मचारीको तलब पनि १५ प्रतिशलते बढाउने घोषणा गरेको छ । कर्मचारीको भत्ता यथावत् राखी तलब स्केलमै १५ प्रतिशत बढाउने सरकारले घोषणा गरेको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस