राज्यमन्त्री खत्रीले आफ्ना प्रेमीको श्रीमतीलाई कुटपिट गर्दै सोधिनः मेरो एकराज खोइ? - सिधा मिडिया






राज्यमन्त्री खत्रीले आफ्ना प्रेमीको श्रीमतीलाई कुटपिट गर्दै सोधिनः मेरो एकराज खोइ?

    ३१ जेष्ठ २०७९, मंगलवार १३:३८  मा प्रकाशित
203 जनाले पढ़िसके









दाङ। लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वलीले घरभित्रै गएर महिला तथा बालबालिकामाथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने मीना भण्डारी बस्नेतको घरभित्रै घुसेर मंगलबार बिहान राज्यमन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको प्रहरीको भनाइ छ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

के भएको हो?

स्थानीयका अनुसार मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान पुगेकी थिइन्।

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गर्दै,‘मेरो एकराज खोइ?’ भन्दै प्रश्न गरेकी थिइन्। सो क्रममा आफूलाई र आफ्नी सानी छोरीलाई पनि वलीले कुटपिट गरेको उनको भनाइ छ।

आफ्ना लुगाहरुलाई पनि वलीले मेरो पैसाले किनेको लुगा भन्दै च्यातिदिएको मीनाको भनाइ छ।

गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन्।

तर उक्त फोटो इडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन्।

विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी थिइन्।

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस