जग्गा धितोमा कर्जा लगानी ठप्प - सिधा मिडिया



जग्गा धितोमा कर्जा लगानी ठप्प

    ३१ जेष्ठ २०७९, मंगलवार १६:१५  मा प्रकाशित
268 जनाले पढ़िसके




कृषि र गैर कृषि क्षेत्रका रूपमा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि बैंकहरूको कर्जा लगानी ठप्प भएको छ।

बैंक तथा वित्तीय क्षेत्रबाट जारी हुने करिब ७० प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह हुने गर्छ। तर, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाएर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशन दिएको छ। यही कारण सोमबारदेखि मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमानेको बैंक तथा वित्तीय संस्थाले उल्लेख गरेका छन्।

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले हालै भूउपयोग नियमावली २०७९ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले यही नियमावली अन्तर्गत रहेर मन्त्रिपरिषदको निर्णयअनुसार कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको हो।

यही विषयमा छलफल गर्न राष्ट्र बैंकले मंगलबार दिउँसो वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई डाकेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस