आकाशमै इन्धन सकिएपछि प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर भैरहवामा अवतरण - सिधा मिडिया



आकाशमै इन्धन सकिएपछि प्रधानमन्त्री देउवा चढेको हेलिकप्टर भैरहवामा अवतरण

    ३ असार २०७९, शुक्रबार १६:४५  मा प्रकाशित
141 जनाले पढ़िसके




काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशमा तय भएको थियो ।

दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढे । तर देउवा चडेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।

देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको हेलचेक्याइ हुन अस्वभाविक हो ।

सामान्यतया कुनै पनि स्थानमा पुग्नका लागि आवश्यक इन्धनको व्यवस्था नगरि उडान भर्नु सम्बन्धित निकायको गैरजिम्मेवारीपना पनि हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस