प्रधानमन्त्री पड्काउने दाउमा रवि लामिछाने ! - सिधा मिडिया





प्रधानमन्त्री पड्काउने दाउमा रवि लामिछाने !

    ५ असार २०७९, आईतवार ०१:०६  मा प्रकाशित
162 जनाले पढ़िसके








काठमाडौं- पत्रकार रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । त्यसका लागि उनले ग्यालेक्सी फोर के टेलिभिजनसमेत छाडेका छन् ।लामितछानेले उक्त टेलिभिजनबाट औपचारिक रुपमा विदा भैसकेको जनाएका छन् ।

राजनीतिमा सक्रिय हुने उनको तयारी छ । यद्यपी, आफू कुन राजनीतिक दलबाट उम्मेदवार बन्न लागेको भन्ने कुरा भने खुलाएका छैनन् ।लामिछानेले असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर यस बारेमा स्पष्ट पार्ने बताएका छन् ।

राजनीतकि वृत्तमा भने उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अनुमान गरिएको छ ।

लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका छन् । पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अनुमान गरिएको हो ।

लामिछानेले काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारी गरिरहेको बुझिएको छ ।

सञ्चारकर्म छाडेर राजनीतिम होमिने निर्णय गरेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले जनताका प्रश्न सोध्ने ठाउँबाट जनताका प्रश्नको उत्तर दिने ठाउँमा जान चाहेको बताएका छन् ।

ग्यालेक्सी टेलिभिजनको बिदाई समारोहमा बोल्दै लामिछानेले ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट थालेको पछिल्लो चरणको सञ्चारकर्मलाई बिट मार्दै अब राजनीतिमा होमिएको बताए ।

उनले राजनीति नै सबैभन्दा निर्णायक क्षेत्र भएको भन्दै राजनीतिमार्फत जनताका प्रश्नको जवाफ खोज्ने बताए । उनले राजनीतिमा लागिसकेपछि प्रधानमन्त्री बन्नेसम्मको लक्ष्य हुने संकेत गर्दै आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा जान लागेको बताए ।

‘जनताका विषयहरूमा प्रधानमन्त्रीलाई प्रश्न सोधिएको मान्छे अब उत्तर दिने ठाउँमा जान खोज्दैछु । अब प्रश्न होइन उत्तर खोज्न राजनीतिबाट योगदान गर्नेछु’, लामिछानेले भने ।

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए

लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।

लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे ।

लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा को अन्तिम एपिसोड आज प्रसारण हुँदैछ । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ । कँडेल उक्त कार्यक्रममा भ्वाइस ओभर गर्ने गर्थे ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस