काण्डमा परेकी राज्यमन्त्री विमला वलीको बयान, सुन्नेहरुनै तीनछक्क ! - सिधा मिडिया



काण्डमा परेकी राज्यमन्त्री विमला वलीको बयान, सुन्नेहरुनै तीनछक्क !

    ५ असार २०७९, आईतवार ०१:३३  मा प्रकाशित
343 जनाले पढ़िसके




मेरो एकराज खोइ भन्दै विहानै अर्काको घरमा गएर बबाल मच्चाउँने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले समग्र घटनाक्रमबारे अनौठो बयान दिएकी छिन् ।

वलीले दाङका एकराज बस्नेतसँग प्रेम खोज्न नभइ पैसा खोज्न गएको दाबी गरेकी छिन् । विमला र एकराजको अनैनिक प्रेम सम्बन्ध भएको भनिँदै आएकोमा फेरी पनि विमलाले त्यसलाई अस्विकार गरेकी छन् । एकहप्ता देखी एकराज सम्पर्कमा नआए पछि खोज्दै घरैमा पुगेको जिकिर उनले गरेकि छन् ।

केहि समय अघि विमला र एकराजको आपत्तीजनक तस्बिर सार्वजनिक भएको थियो त्यसमा पनि उनीहरुले दिदीभाई भएको भन्दै घटनालाई ढाकछोप गरेका थिए अहिले मेरो एकराज खोइ ? भन्दै घरैमा पुगेर बबाल मच्चाएको बिषयमा पनि बिमलाले अनौठो बयान दिएकी छिन् ।

वलीले एकराजसँग आफ्नो पैसाको कारोबार भएको र त्यहि मिलाउँका लागी उनको घरैमा गएको भनेकी छिन् । बाहिर आएका हल्लाहरु विल्कुलै गलत भएको भन्दै उनले आफुलाई बदनाम गराउँने प्रचन्च भएको समेत आरोप लगाएकी छिन् ।

एक हप्तादेखी फलो गर्दा पनि सम्पर्कमा नआए पछि घरैमा जान बाध्य भएको उनले बताएकी छिन् ।विमलाका अनुसार एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि उनीसँग एक हप्तादेखि छलफल भइरहेको थियो ।

फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि घरमै जान बाध्य भएको भन्दै उनले भनेकी छिन् ‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारका लागि म घर गएकी थिएँ’,उनले भनिन्‘फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।’

जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको उनले बताएकी छिन् ।

‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए’, राज्यमन्त्री वलीले भनिन्‘ त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’

एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ ।

आफ्नो एकराजसँग मात्रै काम भएकाले त्यही अनुसार त्यहाँ गएको राज्यमन्त्री वलीले बताइन् । एकराजकी श्रीमती मिनाले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् । सोही अनुसार उनीहरुले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् ।

अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरी कै निगरानीमा छन् । विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस