ओली र पूर्वप्रधान सेनापति क्षेत्रीको खुल्यो अस्लिएत, राष्ट्रघात गरेको खुलासा ! - सिधा मिडिया





ओली र पूर्वप्रधान सेनापति क्षेत्रीको खुल्यो अस्लिएत, राष्ट्रघात गरेको खुलासा !

    ५ असार २०७९, आईतवार ०१:४२  मा प्रकाशित
178 जनाले पढ़िसके








काठमाडौं । अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ।

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरेका हुन्।

‘पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्‍नुपर्ने कुरा छैन। त्यो पत्र आधिकारिक नै हो। यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्‍ने कुरा अनावश्यक हल्ला हो,’ उनले भने।

उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद्‌ व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताएका छन्।

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरिएको पत्र सार्वजनिक भएको हो।

तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ ।

कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युनएन मिसनको बारेमा जानकारी लिन प्रधान सेनापति प्रभुराम शर्मा आज (शनिबार) लेवनान तर्फ प्रस्थान गरेका छन् ।

रक्षा सचिव सहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनान प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले गरेका थिए । प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनिफिल मिसन र त्यसपछि सिरियास्थित अनडोफ मिसनका भ्रमण गरि उक्त मिशनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछन् । उनलाई शनिबार लेवनानमा अनररी कन्सुलेट जनरल अफ नेपाल तथा लेवनानका सरकारी अधिकारीले स्वागत गरेका थिए । तत्पश्चात, लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान अर्पण गरेको थियो ।

लेवनान प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त निरीक्षण भ्रमण पछि प्रधान सेनापति शर्माले संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गते देखि मिति २०७९ असार १७ गते सम्म ५ सदस्यीय भ्रमणदलका साथ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

प्रधान सेनापति महारथी शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदल असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस