राजनीतिमा खैलाबैला, रबि लामिछानेको लागि पार्टी-पार्टी बीच हानाथाप ! - सिधा मिडिया






राजनीतिमा खैलाबैला, रबि लामिछानेको लागि पार्टी-पार्टी बीच हानाथाप !

    ५ असार २०७९, आईतवार १२:०५  मा प्रकाशित
151 जनाले पढ़िसके









अहिले सामाजिक संन्जालमा सन्चार कर्मी रबि लामिछाने को हल्ला चलेको छ । अब रबि एमालेमा आउ देश बिकाश अब हामी बाट गरौला: पुर्व प्रधानमन्त्री ओलि भनेर फेसबुक टिकटक जस्ता सोसल मिडियामा पनि चलेको छ ।

खोइ अब कता कुन पार्टिमा जालान त रबि लामिछाने ? तँपाईलाई कुन पाटिमा गए राम्रो होला ? भन्ने लाग्छ आफ्नो मन मा लागेको विचार कमेन्ट गर्नुहोला ।

अर्को बिक्लुकै नया र ताजा समाचार पढ्नुहोस । काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने अन्ततः राजनीतिमा होमिएका छन् । आगामी प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने योजनासहित उनले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट बिदा लिए । लामिछानेले राजनीतिमा आउने घोषणा गरे पनि धेरै प्रश्न अनुत्तरित राखेका छन् ।

पार्टीबाट वा स्वतन्त्र उम्मेदवारी दिने भन्ने स्पष्ट भएको छैन । निर्वाचन क्षेत्र पनि भनेका छैनन् । काठमाडौंमा बालेन्द्र साहले स्वतन्त्रबाट चुनाव जितेपछि रविले पनि हौसिएर उम्मेदवारी दिन लागेकोसमेत चर्चा छ ।

यद्यपि, रविले आफू राजनीतिमा आउने पहिल्यैदेखिको योजना रहेको बताए । अहिले उठेका सबै जिज्ञासाको जवाफ आफूले आगामी ७ गते दिने उनको भनाइ छ ।

रवि राजनीतिमा प्रवेश गर्दै गर्दा उनीसँग नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको वुझिएको छ । यो बिषयमा औपचारिक घोषणा भने हुन बाँकी छ । तर, श्रोतका अनुसार काठमाडौं वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारको रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामा पनि तयारी अवस्थामा छन् ।

नेपाली फिल्म क्षेत्रका सफल नायकले राजनीतिमा कुनै पनि बेला आउन सक्ने संकेत दिइरहेका छन् । तर, स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा राजेश अझै दोधारमा छन् । तर, रविले हमाललाई पनि अगाडि लिएर जान खोजेको वुझिएको छ ।

यो पनि हेर्नुहोस,आफू केही नगर्ने, देउवालाई घोच्ने ?

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गत बिहीबार प्रतिनिधिसभाको बैठकमा तीन घण्टासम्म पट्यारलाग्दो भाषण गरे ।भाषण गर्ने क्रममा ओलीले नेपाल–भारत प्रवुद्ध समूह (इपीजी)को प्रतिवेदन अहिलेसम्म किन नबुझेको ? भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे ।

प्रतिनिधिसभाको बैठकमा ओलीले सन् २०१९ मै तयार भएको प्रतिवेदन बुझ्न के कुराले अप्ठेरो पर्यो ? भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गर्दै भने– त्यो प्रतिवेदन भारतले बुझ्न मानेन भन्दैमा नेपालले पनि बुझ्न नमान्ने हो र ? त्यो प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउनुस् ।

प्रतिपक्ष दलका नेता ओलीको कुरा सुनेर प्रधानमन्त्री देउवा मुसुमुसु हाँसिरहेका थिए । किनभने, देउवा प्रधानमन्त्री भएको बल्ल १० महिना बित्दैछ ।

पछि आफ्नो पालोमा देउवाले ओलीलाई पुग्दो जवाफ दिए । उल्टै प्रश्न गरे– तपाई प्रधानमन्त्री हुँदा इपीजीको प्रतिवेदन किन बुझ्नु भएन ?आज यो प्रश्नको जवाफ दिने हैसियत ओलीमा छैन । किनकी, इपीजीको सवालमा हिज ओली जुन बाध्यता आज देउवा पनि सोही बाध्यतामा छन् ।

त्यसमाथि ओलीले पुस ५ गते संसद् विघटन गरेपछिको कठिन संघर्षले देउवा सत्तासिन छन् । पाँचदलीय गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसँगसँगै लैजानुपर्ने बाध्यता देउवालाई आइपरेको छ । यस्तो बेला ओलीले भनेझैं एकतर्फीरुपमा उक्त प्रतिवेदन सार्वजनिक गर्नु कूटनीतिक मर्यादा उल्लंघन गरेको पनि हुन्छ ।

इपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्ने र त्यसलाई कार्यान्वयनमा लैजाने सहमति भएको थियो । आफू प्रधानमन्त्री भएको बेला केही नबोल्ने, आफू प्रधानमन्त्रीबाट हटेपछि भारतलाई उस्क्याउने हिसाबले इपीजीको बिना प्रसंग कुरा उठाउनुलाई कूटनीतिज्ञहरुले अपरिपक्व तर्क भनेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्ष दलका नेताको हैसियतमा बोल्दा उनले सन्तुलन गुमाउँदै चीनसँग गरिएको बीआरआईको प्रसंग पनि निकालेका छन् । नीति तथा कार्यक्रममा बीआरआईको चर्चा किन गरिएन ? भनेर प्रश्न उठाएका छन् ।

चीनसँग बीआरआई सम्झौता ओली स्वयंले गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएपछि बीआरआई अन्तर्गत केरुङ–काठमाडौं–पोखरा–लुम्विनी रेलमार्ग बनाउने कुरा उनैले सयौं पटक गरेका थिए । उनकै कार्यकालमा चीनसँग व्यापार पारवहनसम्बन्धी महत्वपूर्ण सम्झौता पनि भएको थियो । तर, कार्यान्वयनमा ल्याउन चाहेनन् ।

यदि, ओली इमान्दार भएको भए चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयनको चरणमा पुगिसक्थ्यो । तर, ओलीले ल्याएका अर्थमन्त्री युवराज खतिवडाले बीआरआईलाई अर्थ मन्त्रालयको दराजमा थन्क्याइदिए ।

आफू ३ वर्षभन्दा बढी दुईतिहाइको प्रधानमन्त्री हुँदा बीआरआई दराजमा थन्क्याएर चिनियाँहरुलाई झुक्याउने ओलीले प्रतिपक्षमा पुगेपछि बीआरआई किन कार्यान्वयन भएन ? भनेर प्रश्न गर्नु चीनप्रति पनि धोका रहेको व्यख्या गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालमा आएर दुवै देशबीच ‘कनेक्टिभिटी’देखि पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

ती सबै कुरालाई ओलीले प्रधानमन्त्री हुँदा बिर्सिए र अहिले प्रतिपक्षमा पुगेपछि चीनलाई खुशी पार्न बीआरआईको प्रसंग निकाल्नुलाई ओलीको चतुर कूटनीति भनेर टिप्पणी गरिँदैछ ।

त्यसमाथि सन् २०१६ मार्चमा भएको व्यापार पारवहन सम्झौतामा पनि चिनियाँ पक्ष ठगिएको छ । उक्त सम्झौता बमोजिम चीनले चारवटा सामुद्रिक बन्दरगाहा नेपाललाई दिने सहमति भयो । तर, चीनलाई नेपालको दुईवटा सीमा नाकासम्म दिएन । जसका कारण उक्त सम्झौता कागजको खोस्टा बन्न पुगेको छ ।

प्रतिनिधिसभाको बैठकबाट ओलीले दुई छिमेकीको प्रसंग ल्याएर आफू पानीमाथिको ओभानो बन्न खोजे पनि दुवै छिमेकीलाई चिढ्याउँदाको परिणाम ओलीले अहिले आएर भोग्दैछन् ।

२ सय ८९ दिन बिनाकारण संसद् अवरुद्ध गरेका ओलीले बिनाकारण बजेट अधिवेशनमा भाग लिएको छ । तर, प्रमुख प्रतिपक्ष सदनमा एजेण्डा बिनाको भूमिकामा छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस