काठमाडौँको जोरपाटीमा भयो सबैको होस उडाउने यस्तो डरलाग्दो घटना - सिधा मिडिया



काठमाडौँको जोरपाटीमा भयो सबैको होस उडाउने यस्तो डरलाग्दो घटना

    ५ असार २०७९, आईतवार १२:२७  मा प्रकाशित
475 जनाले पढ़िसके




काठमाडौं ।

प्रेम सम्बन्धपछिको विवाहले डरलाग्दो रुप लिएको छ । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्रहार गरि हत्या गरेकी छिन् ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो ।

छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेरै रिस नगर्न आग्रह गर्दै आएको बताए ।

घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको छिमेकी बताउँछन् ।

चक्कु प्रहारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

शिला घलेलाई अहिले कानूनी कारबाही भएको छ । उनले काराबासको जीवन विताइरहेकी छिन् । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग–२ को परिच्छेद १२ मा उल्लेख भएको ज्यान सम्बन्धी मुद्धा उनले खेपेकी छिन् । अपराध नगरौँ । अपराध मुक्त समाजको कल्पना गरौँ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस