राजनीतिमा इन्ट्री मार्न राजेश हलामको चुनाव लड्ने स्थान नै तोकियो ! - सिधा मिडिया





राजनीतिमा इन्ट्री मार्न राजेश हलामको चुनाव लड्ने स्थान नै तोकियो !

    ५ असार २०७९, आईतवार २१:३०  मा प्रकाशित
217 जनाले पढ़िसके








काठमाडौं ।

नेपाली चलचित्र उद्योगका सफल कलाकार हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्।

हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ।कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी थालेको बताइएको छ।

हमालले काठमाडौँ वा काभ्रेमध्ये एकठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने तयारी छ। हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने संकेत दिएका छन्।

उनी स्वतन्त्र रुपमा राजनीतिमा आउने अथवा कुनै पार्टीको उम्मेदवार बन्ने भन्ने दोधारमा रहेका छन्। हिजो मात्रै राजनीति गर्ने भन्दै सञ्चारकर्म छोडेका रवि लामिछानेले हमाललाई सँगै लिएर हिँड्न खोजेको खबर सार्वजनिक भएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।बैठकमा समसामयिक राजनीतिक विषयबारे छलफल हुने बताइएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव लगायत सहभागी छन् ।

महिला तथा पुरुषमा हुने विभिन्न यौन समस्याहरुमा पनि फिजियोथेरापी गर्न सकिने सन्देश र सूचना दिँदै प्राण नेपाल र नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको एक दिने सामूहिक तालिम सम्पन्न भएको छ ।

फिजियोथेरापीस्ट तथा युरोलोटिस्टहरुको सहभागिता रहेको यस तालिमका प्रशिक्षक सहप्राध्यापक विमिका खड्की, महिमा तिवारी, रेखा प्रजापती, अन्तिमा श्रेष्ठ तिवारी थिए ।

विभिन्न हाड जोर्नी, नशा, बालबालिका तथा प्रसुती सम्बन्धी समस्याहरुमा फिजियोथेरापी गरिने बारे धेरैलाई थाहा भएपनि यौन तथा केही पेटका समस्याहरुमा समेत फिजियोथेरापी गर्न सकिने भन्ने बारे धेरैलाई थाहा नहुने भएको हुँदा यस तालिमको आवस्यक भएको प्राणका अध्यक्ष हरिकुमार लम्सालले बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले आफू रसियामा हुँदा यस्ता समस्याहरुमा फिजियोथेरापी भएको देखेपनि नेपालमा यस्तो नदेखेको बताउँदै यो तालिमले सबैलाई फाइदा गर्ने बताएका थिए ।

यस तालिममा महिला पुरपषको यौन समस्याका बारेमा मात्र नभई गर्भावस्था, कब्जियत, आङ खसेका महिला तथा अन्य धेरै प्रसुती, युरोलोजी तथा ग्यास्ट्रोईन्टेरोलोजी समस्याहरुमा समेत फिजियोथेरापी गरिने बारे ट्रेनरहरुले सिकाएको यस कार्यक्रमका संयोज तथा नेपाल मेडिसिटी अस्पतालकी फिजियोथेरापी विभाग प्रमुख डा. मन्जु ज्ञवालीले बताइन् ।

आगामी दिनहरुमा नेपालमा पनि डाक्टर र फिजियोथेरापिस्टहरुको सहकार्यमा यस्तो सेवा विस्तार हुने संकेत यो तालिमले दिएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस