बालेनले पूरा गरिदिए सुनिताको इच्छा - सिधा मिडिया






बालेनले पूरा गरिदिए सुनिताको इच्छा

    ६ असार २०७९, सोमबार ०९:५१  मा प्रकाशित
235 जनाले पढ़िसके









काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण गर्ने योजना अघि सारिएको छ । उपमेयर सुनिता डंगोलले आफ्नो चुनावी अभियानका क्रममा एमपी थिएटर बनाउने कुरा गरेकी थिइन् । उनको उक्त भाषण भाइरल नै भएको थियो ।

मेयरका प्रत्याशी बालेन्द्र साहको विषयमा टिप्पणी गर्दै डंगोलले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् ।

बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए । तर, मेयर बालेनले आफ्नो नीति तथा कार्यक्रममा एमपी थिएटरलाई स्थान दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपमेयर सुनिता डंगोलको चाहना पूरा गरिदिएका छन् । सुनिताले चुनाव प्रचारका क्रममा बालने शाहले चुनाव नजित्ने र उनका लागि एमपी थिएटर बनाइदिने बताएकी थिइन् ।

तर अनपेक्षितरुपमा चुनाव जितेर आएका बालेन शाहले सुनिताको त्यो चाहना पूरा गर्दै आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा एमपी थिएटर बनाउने प्रतिवद्धता जनाएका छन् ।

मेयरका प्रत्याशी बालेनप्रति व्यङ्ग्य गर्दै उनले आफूले चुनाव जितेपछि काठमाडौंमा एमपी थिएटर बनाएर बालेनलाई गाउन निम्त्याउने बताएकी थिइन् । बालेनका समर्थकहरुले उक्त भाषणलाई लिएर सुनितालाई ट्रोलसमेत गरेका थिए ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएकाे हाे ।

महानगपालिकाका प्रवक्ता बसन्त आचार्यका अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो ।

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार महानगरका प्रमुख बालेन्द्र शाहले महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यस गरिमामय नगर सभाको बैठकमा प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ। सम्बत् २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हामीलाई मतदान मार्फत निर्वाचित गर्नुहुने आदरणीय काठमाडौँ महानगरबासी आमा, बुवा, दाजुभाई, दिदीबहिनीहरु लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछु।

यस अवसरमा म नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्वशासनको लागि नेपाली जनताले गर्दै आएका जनआन्दोलनहरुमा सहादत प्राप्त गर्नुहुने सहिदहरु प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।

संघीय राजधानी काठमाडौँको विकास, सुधार र समृद्धिका लागि नेपालको संबिधान तथा संघीय, प्रदेश र स्थानीय कानुनद्वारा प्रदत्त हक अधिकारको प्रचलन गर्न तथा कानुनत: निर्देशित काम, कर्तब्य र दायित्व निर्वाह गर्न हामी प्रतिबद्ध छौं।

काठमाडौँको इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्नु हाम्रो पहिलो कर्तब्य हुन आएको छ। संस्कृतिमा आधारित पर्यटन काठमाडौँको सम्भावनाको पहिलो क्षेत्र हो। सुरक्षित सहरीकरण र सहरी सुब्यबस्था काठमाडौँको लागि अर्को सुधार गर्नुपर्ने क्षेत्र देखिएको छ।

काठमाडौँको फोहर ब्यबस्थापन लामो समयदेखि समस्याको रुपमा रहँदै आएको सन्दर्भमा यसको दीगो र बैज्ञानिक ब्यवस्थापन हाम्रो प्रस्थान बिन्दु बनेको छ। सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ। स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौँलाई बस्न योग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ।

आन्तरिक सुशासन र सवल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ। जनतासंग प्रत्यक्ष सम्बन्ध र सम्पर्क रहने वडा कार्यालयहरुको क्षमता विकास, श्रोत साधनमा वृद्धि र प्रणालीको विकास गर्ने नीति अवलम्बन गर्न प्रस्ताव गरिएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशिलता, सामाजिक बिकास, युवा तथा खेलकुद, भौतिक पूर्बाधार विकास, सार्वजनिक यातायात, खानेपानी तथा सरसफाई, विपद ब्यवस्थापन, न्याय निरुपण, मानब अधिकार प्रबर्धन जस्ता बिषयगत क्षेत्रहरुका लागि बिशेष नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु।

आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गर्न आम महानगरबासी तथा सबै पेशा, व्यवसायमा आबद्ध महानुभाबहरुको सहयोग, समन्वय र सहकार्य रहने कुरामा विश्वस्त रहेको छु।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस