काठमाडौँ —
सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आज आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्ने भएका छन् ।
पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे आफ्नो राजनीतिक यात्राबारे विस्तृत जानकारी दिने भएका हुन् ।
राजनीतिमा नयाँ पुस्ता बन्ने घोषणा गरेका लामिछानले टेलिभिजन छोडेकै दिन गत बिहीबार आज आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस