सेयर लगानीकर्ताले कार्यालयभित्रै थुनेपछि बोर्डका कर्मचारीलाई प्रहरी स्कटिङ - सिधा मिडिया



सेयर लगानीकर्ताले कार्यालयभित्रै थुनेपछि बोर्डका कर्मचारीलाई प्रहरी स्कटिङ

    ७ असार २०७९, मंगलवार १९:३४  मा प्रकाशित
148 जनाले पढ़िसके




काठमाडौं । सेयर लगानीकर्ताहरूले धितोपत्र बोर्डका कर्मचारीलाई कार्यालबाट निस्कन नदिएछि प्रहरीले स्कटिङ गरेर उनीहरूलाई स्कटिङ गरेर कार्यालयबाट निकालेको छ ।

आफूहरूका माग सम्बोधन नभएसम्म कर्मचारीहरूलाई बाहिर निस्कन नदिने भन्दै उनीहरूले बोर्डको गेटमा धर्ना दिएका थिए । बोर्डका कर्मचारीहरू कार्यालयभित्रै थिए ।

साँझ ७ बजेसम्म पनि उनीहरूले नछाडेपछि कर्मचारीलाई बल प्रयोग गरेर प्रहरीले स्कटिङ गरी कार्यालयबाट लगेको हो ।

लगानीकर्ता तिलक काेइराला अनसनमा बसेको ७औँ दिन पुग्दा पनि बोर्ड माग सुनुवाइमा बेवास्ता गरेको उनीहरूको आरोप छ ।

मंगलबार साँझ ५ बजे बाेर्डका अध्यक्ष रमेश कुमार हमालले पत्रकार सम्मेलन गर्दै एक दर्जन माग कर्यान्वयनको चरणमा रहेको बताएका थिए । उनले अहिले आन्दाेलनकाे औचित्य नरहेकाे र ६ महिनामा पनि माग सम्बाेधन नभए आन्दाेलनकाे सामना गर्ने र जवाफदेही हुने उनको भनाइ थियो ।

आन्दोलनरत लगानीकर्ताले बाेर्ड आफूहरूका माग सम्बाेधन गर्न गम्भीर नभएकाे र लगानीकर्तालाई कार्यालय प्रवेशमा बन्देज गर्दै वार्तासमेत नगरेकाे आरोप लगाएका छन् ।

बोर्ड अध्यक्षले राष्ट्र बैंकलाई दोषी देखाएका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस