गलत डाक्टरका फेला पर्नाले अनुहारकै स्वरुप बिग्रियो यी नायिकाको, अनुहारको स्वरुप नै बिग्रिएका कारण काम नै नपाउने अवस्थामा पुगिन् - सिधा मिडिया



गलत डाक्टरका फेला पर्नाले अनुहारकै स्वरुप बिग्रियो यी नायिकाको, अनुहारको स्वरुप नै बिग्रिएका कारण काम नै नपाउने अवस्थामा पुगिन्

    ७ असार २०७९, मंगलवार १९:५९  मा प्रकाशित
130 जनाले पढ़िसके




कहिले काँही सर्वसाधारण मात्र हैन सेलीब्रेटीले समेत गलत उपचारको शि कार हुन पुग्छन् ।

हो, यस्तै भएको छ कन्नड अभिनेत्री स्वाती सतीश माथि । उनले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । तर गलत उपचारका कारण उनी गंभीर संकटमा मात्र परिनन् उनको अनुहार नै कुरुप बन्न पुगेको छ । अहिले उनलाई चिन्न पनि निक्कै मुश्किल परेको छ ।

शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् जसलाई हेर्दा उनी हुन् भन्ने बिश्वासै गर्न गाह्रो हुने देखिएको छ । स्वातीले आफ्नो यो अवस्था हुनका लागि चिकित्सक दोषी रहेको आरोप समेत लगाएकी छिन् ।

रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।

उपचारमा संलग्न चिकित्सकले उनको यो समस्या ३ दिनमा हल हुने बताएता पनि तीन हप्ता बितिसक्दा समेत उनको शारीरिक अवस्थामा कुनै सुधार नआएपछि उनी आक्रोशित भएकी छिन् ।

मिडिया रिपोर्टका अनुसार स्वातीले डाक्टरले आफुलाई उपचार र औषधिको बारेमा गलत र अधुरो जानकारी दिएको आरोप लगाएकी छन् । अहिले स्वाती सतीश घरमा आराम गरिरहेकी छिन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस