रवि लामिछानेले घुसखोर देखि देशद्रोही सम्मको घन्टी बजाउने, कसैलाई पनि नछोड्ने घोषणा ! - सिधा मिडिया



रवि लामिछानेले घुसखोर देखि देशद्रोही सम्मको घन्टी बजाउने, कसैलाई पनि नछोड्ने घोषणा !

    ७ असार २०७९, मंगलवार २०:०८  मा प्रकाशित
136 जनाले पढ़िसके




काठमाण्डाै – सञ्चारकर्मीको पेसा छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।काठमाण्डौको राष्ट्रिय सभा गृहमा एक कार्यक्रममा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्दै लामिछानेले आजसम्मको योगदान, लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिका लागि पुराना दल र नेताहरूलाई धन्यवाद दिँदै आफू अरू पार्टीमा नजाने बताउनुभयो ।

उहाँले अहिलेसम्मका सबै दलले नागरिकको सेवा गर्छाैँ भनेर झुट बोलेको र आम नागरिकको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन नआएकाले आफू राजनीतिमा आउन बाध्य भएको पनि बताउनुभयो ।

सञ्चारकर्मी रवि लामिछानेले आज एक कार्यक्रमको आयोजना गरी पार्टी घोषणा गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै पार्टीभित्र हुने विशेषताहरुसमेत सुनाए ।

अन्य पार्टीभन्दा आफ्नो पार्टी फरक रहने उनले दाबी गरे ।

आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै प्रारम्भिक चुनाव गरेर चुनिएपछि मात्रै चुनावमा टिकट दिइने विशेषता रहेको रविले उल्लेख गरे । ‘चाकडी गरेर टिकट पाइदैन,’ उनले भने ।

युवाहरुको पार्टी बन्ने दाबी गर्दै उनले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्रीको व्यवस्था गर्ने बताए ।
‘आफ्नो पार्टीभित्रबाट प्रधानमन्त्री चुनिएपछि उनैले मन्त्रीहरु छान्न पाउनेछन्,’ उनले भने, ‘आफ्नो मन्त्रिमण्डलमा को को मन्त्री राख्ने त्यसको सबै अधिकार

प्रधानमन्त्रीलाई दिइनेछ ।’ मुख्य मन्त्रीको हकमा पनि यस्तै रहने उनले बताए ।

राइट टु रिजेक्टको अवधारण ल्याउने दाबी गर्दै उनले भने, ‘हाम्रो पार्टीबाट चुनेर पठाएको मान्छेले राम्रो काम गरेन भने कठालो समातेर फिर्ता ल्याउने व्यवस्था हुनेछ ।’

डिजिटल्ली सदस्यता दिइने र भोट हाल्न सक्ने व्यवस्था गरिनेछ । पहिले आफ्नो पार्टीभित्र गरेपछि यस्तो व्यवस्था सिंगो देशभर गर्ने उनको भनाइ छ ।
त्यस्तै आफ्नो पार्टीमा परिवारवादलाई पूर्ण रुपमा निषेध गरिने उनको दाबी छ । ‘केन्द्रीय सस्स्यमा कुनै पनि परिवार र नातागोताका हुने छैन ।’ परिवारभित्र लाभको पद कसैले नपाउनेसमेत उनले बताए ।

कोही कार्यकर्ता हुनेछैन । भातृ संगठन हुँदैन । छैन । सबै सदस्य हुनेछन् ।
उनले आफ्नो हरेक विशेषता पृथक भएकोसमेत दाबी गरे ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस