दोर्दी खोलाको आईपीओ बाँडफाँड, तपाईंको नतिजा सजिलै हेर्नुस् - सिधा मिडिया





दोर्दी खोलाको आईपीओ बाँडफाँड, तपाईंको नतिजा सजिलै हेर्नुस्

    ८ असार २०७९, बुधबार ०९:२३  मा प्रकाशित
263 जनाले पढ़िसके








काठमाडौं।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज बुधबार हुने भएकाे छ ।

उक्त आईपीओको बाँडफाँड आज (असार ८ गते, बुधबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा बिहान ९ बजेपछि हुने भएकाे क्यापिटलले जनाएकाे छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिनेछ ।

गाेलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ८६ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस