मन्त्रिपरिषद्मा उथलपुथल, क-कसको भाग्य चम्कियो ? - सिधा मिडिया



मन्त्रिपरिषद्मा उथलपुथल, क-कसको भाग्य चम्कियो ?

    ९ असार २०७९, बिहीबार १८:३७  मा प्रकाशित
171 जनाले पढ़िसके




काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिपरिषद् पुनः गठन गर्ने सम्भावना रहेको छ । उनले चुनावमा जाने गरी मन्त्रिपरिषद् पुनः गठन गर्ने तयारी गरेका हुन् ।

मंसिरमा चुनावमा जानुअघि देउवाले मन्त्रिपरिषद् पुनः गठन गर्न गठबन्धनका नेताहरुसँग परामर्श गरिसकेका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराउन छलफल गरिसकेका छन् ।

मन्त्रिपरिषद् पुनः गठन हुँदा नेकपा एकीकृत समाजवादी पार्टीले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा सिफारिस गरेको छ ।

शहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, पर्यटनमा जीवनराम श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम पठाएको छ ।

जनता समाजवादी पार्टीबाट पनि रेनु यादव, महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादवमध्येबाट रेनुको मात्र सरकारमा निरन्तरता पाउने सम्भावना रहेको बुझिएको छ । उनीहरुको ठाउँमा अमृता अग्रहरी, प्रमोद यादव र प्रदीप यादवको सम्भावना छ ।

नेपाली काँग्रेसबाट पनि केही मन्त्रीहरुको हेरफेरको तयारी भइसकेको छ । देउवाले कम्तिमा दुई मन्त्रीलाई फिर्ता बोलाएर पार्टीभित्रको फरक समूहलाई व्यवस्थापन गर्ने तयारी गरेका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंह समूहबाट एक-एक मन्त्री बनाउने तयारी भएको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डले अधिकांश मन्त्री परिवर्तन गर्ने तयारी गरेका छन् । मन्त्री बन्न आकांक्षीहरु प्रचण्डलाई भेट्न थालेका छन् । नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतको मन्त्री दाबी छ ।

लोसपाबाट शरतसिंह भण्डारी र अनिल झाको सम्भावना बलियो छ । तर, लोसपाभित्र सरकारमा जाने या नजानेमा मतभेद छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी लेख्छन्- ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ ।’चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै उनले घोषणा गरेको पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।

“अबको ४ वर्ष भित्र निजि स्कुल छाड्ने लर्को लाग्छ : मेयर दाहाल “

चितवन । भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर १०, कविलास मावि भरतपुर २९, भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

महानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प्रदान गरेकी हुन् । रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए । चालु आर्थीक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाई छ । महानगरले यस अघि बिद्यार्थीका लागी साईकल हस्तान्तरण समेत गरेको थियो भने बिद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस