५० हजार कित्तासम्म भर्न पाइने गरि आइसक्यो फेरि नयाँ आईपीओ छुट्नुभयो की ! - सिधा मिडिया



५० हजार कित्तासम्म भर्न पाइने गरि आइसक्यो फेरि नयाँ आईपीओ छुट्नुभयो की !

    ९ असार २०७९, बिहीबार १८:४६  मा प्रकाशित
165 जनाले पढ़िसके




काठमाडौं –

पिपुल्स पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भालि अर्थात असार ८ गतेदेखि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन छिटोमा असार २२ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस