दुखद खबर : रुकुममा माटोको ढिस्कोमा पुरिएर २४ वर्षीय बिष्णुको मृत्यु,शोकमा गाँउ - सिधा मिडिया





दुखद खबर : रुकुममा माटोको ढिस्कोमा पुरिएर २४ वर्षीय बिष्णुको मृत्यु,शोकमा गाँउ

    १० असार २०७९, शुक्रबार १४:२३  मा प्रकाशित
230 जनाले पढ़िसके








रुकुम पश्चिम, १० असार :

आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।

ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि : विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला ; काठमाडौं, १० असार ;पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित सोही महानगरपालिका–४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको गौरदह नगरपालिका–९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुध्दराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पनौती नगरपालिका–६ पुन्यमाता खोलामा सोही नगरपालिका–४ ठाडो बाटो बस्ने ८१ वर्षीय बिष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–३ मानखोलास्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस