एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला - सिधा मिडिया





एमाले झापा अध्यक्ष कार्कीको घरको प्रवेशद्वारमै कुकर बम फेला

    १० असार २०७९, शुक्रबार १५:०९  मा प्रकाशित
153 जनाले पढ़िसके








झापा । नेकपा एमाले झापा अध्यक्ष दीपक कार्कीको निवास अगाडी शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको छ ।

गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शुक्रबार बिहान शङ्कास्पद वस्तु फेला परेको हो ।

विहान करिब साढे ५ बजेतिर जडित प्रेसर कुकर देखेपछि अध्यक्ष कार्की आँफैले प्रशासनलाई खबर गरेको जनाइएको छ ।

अहिले नेपाली सेनाको टोलीले उक्त वस्तु निस्कृय गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उक्त वस्तुको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस