कोटेश्वरमा डरलाग्दो दुर्घटना, एक जनाको मृत्यु - सिधा मिडिया





कोटेश्वरमा डरलाग्दो दुर्घटना, एक जनाको मृत्यु

    १४ असार २०७९, मंगलवार ०९:२६  मा प्रकाशित
242 जनाले पढ़िसके








काठमाडौं, असार १४ –

कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो।

मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हायसले पैदलयात्रुलाई बचाउन खोजे पनि ठक्कर दिन पुगेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए।

‘हायसले ठक्करबाट बचाउन खोजेजस्तो पनि देखिन्छ। तर ठक्कर पनि दियो। त्यसपछि फेरि गएर अर्को ट्रकलाई ठक्कर दिएको छ,’ उनले भने। उनका अनुसार हायसमा यात्रुहरू भने थिएनन्।

हायस गाडीले पैदलयात्री सेनलाई ठक्कर दिएपछि फेरि प्रदेश नम्बर ३-०१-००ख ०२९५ नम्बरको ट्रकलाई ठक्कर दिएको छ। कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको हायसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा हायसका सहचालक घाइते छन्। चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस