अमेरिकाबाट आयो दुखद खबर ! अमेरिका अमेरिका भनेर मरिहत्ते गर्नेहरुको चेत खुलोस - सिधा मिडिया





अमेरिकाबाट आयो दुखद खबर ! अमेरिका अमेरिका भनेर मरिहत्ते गर्नेहरुको चेत खुलोस

    १५ असार २०७९, बुधबार १८:५२  मा प्रकाशित
343 जनाले पढ़िसके








अमेरिका आप्रवासीहरुका असुरक्षित बन्दै आइरहेको छ । धेरै मान्छेले अमेरिकालाई सपनाको देश मान्छन् । पछिल्लो समय अमेरिकाभित्रको दुर्दशा छताछुल्ल हुन थालेको छ । दिनदहाडै मान्छे लुटिने । स्कुलमै गोली चल्ने ।

यसैबीच, हिजोमात्रै अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । सान एन्टोनियो अमेरिका(मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।

अमेरिकामा आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका(मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् । सोमबार भएको घटना पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ ।

स्थानीय समयअनुसार साँझको ६ बजे आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको बीबीसीले उल्लेख गरेको छ । ड्राइभरले उक्त ट्रक छाडेर भागेपछि खानका लागि ट्रकभित्र पानी समेत नभएकाले गर्मीका कारण निस्सासिएर मृत्यु भएको हुनसक्ने सान एन्टोनियोका फायर चिफ चार्ल्स हुडले बताए । सान एन्टोनियोमा सोमबार ३९।४ डिग्री सेल्सियस तापक्रम रहेको स्थानीय समाचार संस्थाले जनाएका छन् ।

यो घटनाको अनुसन्धान गर्ने जिम्मा संघलाई दिइसकिएको सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमनुसले बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुख खोज्दै अमेरिका आएकाहरूको सीमामा यसरी मृत्यु हुनु दुखद् भएको सान एन्टोनियोका मेयर रोन नाइरेनबर्गले बताएका छन् । कुनै पनि देशका नागरिकलाई अवैध रुपमा अन्य देश लैजानका लागि प्रायः यस्तै ट्रकहरूको प्रयोग गर्ने गरिन्छ ।

यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ । सन् २००१ मा अमेरिकी सीमा क्षेत्रमा भएको आतङ्ककारी हमलापछि अमेरिकाले सीमामा यस्ता घटना नदोहोरिउन् भन्नका लागि कडाइ गर्दै आएको छ । एजेन्सी

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस