मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता - सिधा मिडिया





मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

    १९ असार २०७९, आईतवार ०९:५९  मा प्रकाशित
212 जनाले पढ़िसके








१९ असार, काठमाडौं ।

भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।

घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस