जागिर खान ८ सय ५० जना नेपाली जापान जाँदै, जापना जान यस्तो छ प्रक्रिया

    २० श्रावण २०७९, शुक्रबार ०१:०८  मा प्रकाशित
289 जनाले पढ़िसके









काठमाडौं । जागिर खान ८ सय ५० जना नेपाली जापान जाँदैछन् ।

जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका हुन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्पेशल स्कील वर्कर (एसएसब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

यस अघि सन् २०१९ मार्चमा (एसएसब्लु) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो प्रणाली अन्तरगर्त जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक कार्यसमिति बनेको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य रहनु भएको छ ।

त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक कार्यसमिति समिति बनेको छ । दुई देशका कार्य समितिबीच भोली बिहीबार बैठक बस्ने मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ ।

उक्त विषयमा विस्तृत विवरण बिहीबारको बैठक पछि दिइने मन्त्रालयले जनाएको छ । यो बैठकपछि थप नेपालीलाई क्रमिक रुपमा लैजानका लागि प्रक्रिया सुरु गरिनेछ । भाषा परीक्षाका लागिपनि व्यवस्थित गरिनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस