बैङ्कमा काम गर्न चाहनेहरूका लागि आयो अवसर, ठुलो सङ्ख्यामा बैङ्कले माग्यो कर्मचारी

    २१ श्रावण २०७९, शनिबार १५:५१  मा प्रकाशित
796 जनाले पढ़िसके









काठमाडाैं – एनआईसी एसिया बैंकले आफ्ना सेवालाई थप विस्तार र ग्राहक सेवा सुधारका लागि भन्दै विभिन्न १६ पदमा कर्मचारी आवेदन मागेको छ ।

बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, ब्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्दै आएको बताउँदै बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा रहेका दृढ अठोट युक्त योग्य युवालाई बैंकले खोजी गरिरहेको जनाएको छ ।

बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, म्यानेजरलगायतका पदमा बुधबारदेखि आवेदन खुला गरेको हो । आवेदन अवधि आगामी भदौ १ गतेसम्म तोकिएको बैंकले जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट https://www.nicasiabank.com भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस