क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग

    २५ श्रावण २०७९, बुधबार १९:१२  मा प्रकाशित
175 जनाले पढ़िसके









काठमाडाैं । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आएकाे छ । अग्नी नियन्त्रक र सुरक्षाकर्मीकाे घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखाना भित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

गृहमन्त्रीको चासो
गृहमन्त्री बालकृष्ण खाणले बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रण’ बारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।

उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण तथा अन्य व्यवस्थापन गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि निर्देशन दिएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस