सडकमा स्कुटीसँगै लडेका स्याङ्जा वालिङका पूर्ववडाध्यक्ष श्रेष्ठ मृत भेटिए

    २६ श्रावण २०७९, बिहीबार १६:३७  मा प्रकाशित
375 जनाले पढ़िसके









स्याङ्जा : वालिङ नगरपालिका -९ का पूर्ववडाअध्यक्ष बसन्त श्रेष्ठ बिहीबार बिहान मृत अवस्थामा भेटिएका छन्।

बिहीबार बिहान ७ बजेतिर वालिङ् १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसँगै लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

ग १६ ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ वर्षीय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। प्रनाउ खनालका अनुसार, ‘ल्गमयल’नामको सेतो रङको किटनासक विषादीको खोलिएको डिब्बा स्कुटर नजिक भेटिएको थियो। स्थानीय तह निर्वाचन २०७४ उनी वालिङ नगरपालिका ९ बाट अध्यक्ष पदमा निर्वाचित थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस