चितवनको इच्छाकामनामा इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

    २८ श्रावण २०७९, शनिबार ११:५५  मा प्रकाशित
695 जनाले पढ़िसके









काठमाडौं :

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनपबा। बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ ।

घटनाको थप जानकारी आउँन बाँकी छ । रासस

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस