स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

    २८ श्रावण २०७९, शनिबार १४:१०  मा प्रकाशित
181 जनाले पढ़िसके









कास्की — स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ ।

घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
पुरुष मृत फेला

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री मृत्त फेला परेका छन् ।

वालिङ–१२ लामपात छोराको घरमा हिँडेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिबार बिहान लामपातेस्थित गोरेटो बटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

फाईल तस्बीर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस