चितवनमा नहरले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु

    २९ श्रावण २०७९, आईतवार २१:५१  मा प्रकाशित
211 जनाले पढ़िसके









चितवन।

नहरमा डुबेर चितवनमा एक बालिकाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका – १६ एकताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीको ज्यान गएको हो ।

खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टोलबाट अचेत अवस्थामा उद्धार गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।

नहर बाट उद्धार गरी उपचारका लागि नजिकै रहेको गुञ्जमानसिंह अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणाा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस