निहारिका बलात्कार प्रकरण, आरोपी युवक समातिए

    १ भाद्र २०७९, बुधबार ११:४९  मा प्रकाशित
252 जनाले पढ़िसके









काठमाडौं । एक महिला लामो समयदेखि बच्चाको डीएनए परीक्षण गर्नुपर्नेसहितका माग राख्दै आएकी छिन् ।

यसबीच, सोही कुरालाई लिएर आन्दोलनरत निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले श्रेष्ठलाई मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीप क्षेत्रीले यसबारे जानकारी गराउनुभयो ।

निहारिका राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि सन्तान जन्मिएको आरोप लगाउँदै आएकी छिन् । उनी लामो समयदेखि दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा छिन् ।

गत साता मात्रै राष्ट्रपति निवास शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । तर प्रहरीले बचाउँदै नियन्त्रणमा लियो ।

धनुषाकी निहारिका राजपुत न्यायको माग गर्दै २ वर्षदेखि काठमाडौंमा बसेर पटक पटक धर्ना र अनशन बस्दै आएकी छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस