फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशाले दिइन् जुम्ल्याहा सन्तानलाई जन्म

    ४ भाद्र २०७९, शनिबार १७:०८  मा प्रकाशित
432 जनाले पढ़िसके









काठमाडौं । फिल्म निर्देशक तथा चर्चित डान्स कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले आज बिहान जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

आज बिहान सात बजे नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति तथा निर्माता प्रज्वल राणाले जानकारी बताए ।

राणाका अनुसार दुवै बच्चा स्वस्थ रहेको र उनी अझै केही दिन अस्पतालमै रहने छिन् । प्रज्वलले खुसीलाई बयान गरेर साध्य नभPको बताएका छन् । एक दशकदेखिको प्रेम सम्बन्धलाई प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।

हिमालय टिभीबाट प्रसारण भएको डान्सिङ स्टार्स नेपालको निर्णायक रहेकी थिइन् रेनेशा । उनी गर्भवती अवस्थामै उक्त रियालिटी शोमा थिइन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस