सडकमै बिलिन भए नविन र कमलाका सुन्दर सपना

    १५ भाद्र २०७९, बुधबार १६:२६  मा प्रकाशित
84 जनाले पढ़िसके









बुटवल, भदौ १३ । मुसिकोट नगरपालिका वडा नं ६ का बेद प्रसाद खराल गएको बैसाख देखि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ सुरक्षा शंकरनगरमा बस्न थालेका थिए।

रोजगारीको शिलशिलमा पोल्याण्डमा बस्दै आएका उनका जेठा छोरा नविन प्रसाद खरालले छोरा छोरीको सुन्दर भविश्यका लागि शंकरनगरको शुरक्षा पथमा रहेको जग्गामा गत बर्षको पुषमा जग हालेका थिए।

घर बनाउन लामो समय लाग्ने र आफ्नो लामो बिदा नभएकोले बुवालाई तपाई बसेर घर बनाई दिनुस भनेपछि बेदप्रसाद शंकरनगरमा बस्न थालेका थिए।

लामो समय भारतमा रहेर कुकको काम सिकेका नविन गएको ७ बर्ष यता पोल्याण्डमा पुगेर होटलमा कुकको काम गर्न थालेका थिए। पोल्याण्डमा काम गर्न थालेपछि नविनले शंकरनगरमा जग्गा किनेका थिए।

नविन आफु बिदेशमा दुःख सुख गरेर भएपनि श्रीमती कमलालाई दुख नहोस र छोरा छोरीको भविश्य राम्रो होस भनेर उनले आफु आउन नपाएकोले शंकरनगरमा घर बनाउन भनेका थिए।

गुल्मीको मुसिकोटमा रहेको स्थानिय मालिका बोर्डिङ स्कुलमा पढदै गरेका नाती नातिनालाई शंकरनगरको न्युलाईट बोर्डिङ स्कुलमा भर्ना गरेर बेद प्रसादले गएको बैसाख देखि शंकरनगरमा बस्न थालेका थिए। त्यसयता बुहारी कमला खराल पनि यतै बस्न थालेकी थिईन्।

नविनले तिनै कलिला मुना जस्ता छोरा छोरी र श्रीमती कमलालाई साथमा लिएर छिट्टै नै शंकरनगरमा बनेको घरमा बस्ने सपना बुनेर गएको पुषमा दोश्रो पटक पोल्याण्ड गएका थिए। समय समयमा नविनले श्रीमती र छोरा छोरीसंग भिडियो कल गर्थे।

गएको आईतवार नविनको त्यो सपना चक्नाचुर भयो। उनले सुन्दर भविश्यको सपनामा सजाएका दुई छोरा छोरीको जिवित अनुहार समेत देख्न पाएनन्। आईतवार होटलमा काम गरिरहेका नविनलाई नेपालबाट आफ्नो सुन्दर संसार उजाड भएको खवर पुग्यो।

भदौ आईतवार सांझ आफ्नी आमा कमला र आफ्ना फुपाजु सुरज काफ्लेसंगै फर्साटिकरतिर जादै गरेका समिक्षा र सुप्रिमको तिलोत्तमा नगरपालिका वडा नं ६ गोर्कट्टामा भएको सडक दुर्घटनामा ज्यान गयो।

उनीहरु चढेको लु १६ प ६१३० नम्वरको पल्सर मोटरसाईकल र लु २८ प ४३७३ नम्बरको बुलेट मोटरसाईकल आपसमा ठोक्किदा समिक्षा र सुग्रिमको घटनास्थलमै ज्यान गयो भने आमा कमला र फुपाजु सुरज काफ्ले घाईते भए।

सुरजले चलाएको मोटरसाईकलमा आमा कमला संगै समिक्षा र सुप्रिम चढेका थिए। मिनि ट्रकको पछिपछि जादै गरेको उनीहरु चढेको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रीत भई बिपरित दिशाबाट आएको मोटरसाईकल संग ठक्कर खाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मुसिकोटमा रहेको स्कुलमा पढदा सधै उत्कृष्ट हुदै आएकी १२ वर्षिया समिक्षा खराल शंकरनगरमा रहेको न्युलाईट स्कुलमा कक्षा ८ मा पढथिन भने ७ वर्षिय सुप्रिम कक्षा १ मा पढथे।

घटना सुने लगत्तै नविन पोल्याण्डबाट हिडेका नविन मंगलबार बिहान मात्रै शंकरनगर आईपुगेर उनीहरुको दाहासंस्कारमा सहभागी हुदैछन्। नविन र कमला आफ्ना सुन्दर सपना बुनेका कलिला नानि-बावुकाे लुम्बिनी प्रादेशिक अस्पतालमा पाेष्टमार्टम गरी रुद्रबेणी लाने तयारीमा छन्।

घटना लगत्तै उक्त स्थानमा पुगेकाहरुका अनुसार आफुपनि दुर्घटनामा परेकी कमला बिछिप्त अवस्थामा थिईन। उनले दुर्घटनाबाट घाईते छोरा र छोरीलाई पालै पालो उठाएर काखमा लिने प्रयास गर्थिन तर सक्दीन थिईन्। समयमा उद्धार हुन नसक्दा उनीहरुको अत्याधिक रक्तश्रावका कारण प्राण पखेरु उडी सकेको थियो।

बेद प्रसादले लामो समय भाडाको घरमा बस्नु भन्दा जस्तो भएपनि आफ्नैमा बसौं भनेर एक साता अघि मात्रै बन्दै गरेको घरको एउटा कोठाको प्लाष्टर मात्रै गरेर बुहारी र नाति नातिनालाई घरमा बस्ने बन्दोबस्तो मिलाएका थिए।

तर बुढेसकालका बुवा आमा तथा छोरा छोरी र श्रीमती लिएर बस्ने गरी नविनले सपना देखेर बनाएको ३ तले घर बनेर नसक्दै भत्किए बरावर भएको छ। बेद प्रसाद सोध्छन् “यो भन्दा ठुलो कुनै बज्रपात कुनै हजुरबाउलाई पर्छ र बावु ?”

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस