पर्यटनमन्त्रीलाई लाइनमा ल्याउन खोज्दा पक्राउ परेका सुरक्षागार्ड को हुन् ?

    २० भाद्र २०७९, सोमबार ०९:४२  मा प्रकाशित
232 जनाले पढ़िसके









काठमाडौं । पर्यटनमन्त्रीलाई लाइनमा बसाल्न खोज्दा सुरक्षागार्ड समस्यामा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका हुन् ।

शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुग्नु भएका मन्त्री श्रेष्ठलाई लाइनमा बस भन्‍ने सुरक्षागार्ड पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले यसको पुष्टि गर्नुभयो ।

पक्राउ पर्नेमा ‘ग्रुप फोर सेक्युरिटी’ अन्तर्गत छायाँ सेन्टरमा कार्यरत शेरजंग कुँवर रहनु भएको छ । उहाँलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान शुरु गरिएको छ ।

जानकारी अनुसार पर्यटनमन्त्री श्रेष्ठ छायाँ सेन्टर पुगेका बेला अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । निजी सुरक्षा अधिकृत (पीएसओ) सहित जानु भएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा कुँवरले रोक्नु भएको थियो ।

त्यसलगत्तै पीएसओले श्रेष्ठ मन्त्री भएको जानकारी गराए । तर कुँवरले जो भए पनि लाइनमा आउनुस् भन्नुभयो । त्यसपछि विवाद भएको हो । सोही विषयलाई लिएर मन्त्रालयले प्रहरीमा जाहेरी समेत दिएको जानकारी गराइयो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस