नेप्सेमा ४७.४४ अंकको वृद्धि, कारोबार रकम डेढ अर्ब नजिक

    २९ भाद्र २०७९, बुधबार १७:५५  मा प्रकाशित
91 जनाले पढ़िसके









२९ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ ।

गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार भएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी र व्यापार उपसूचक भने करिब ६ प्रतिशतले बढेको छ । नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनि बढेर डेढ अर्ब नजिक पुगेको छ । यो साता लगातार ३ दिनसम्म १ अर्बबाट तल झरेको कारोबार रकममा बुधबार भने सुधार भएको हो ।

बुधबार नेप्सेमा ४६ लाख १८ हजार ५१६ कित्ता सेयर किनबचे हुँदा १ अर्ब ४५ करोड ३८ लाख २५ हजारको कारोबार भएको छ । नबिल बैंकको सर्वाधिक ६ करोड ५१ लाख ६९ हजारको कारोबार हुँदा गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ८ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८९ कम्पनीको सेयर किनबेच भएकोमा १८४ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै ५ कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस