शिक्षक सेवा आयोग: निमावि तहको लाइसेन्स परीक्षामा १८ प्रतिशत मात्रै पास

    २९ भाद्र २०७९, बुधबार २०:४५  मा प्रकाशित
116 जनाले पढ़िसके









काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । जस अनुसार १८ प्रतिशत परीक्षार्थीमात्र उतीर्ण भएका छन् ।

२८ साउनमा लिएको लाइसेन्स परीक्षामा देशभरबाट १ लाख ८१ हजार ५७५ सहभागी भएका थिए । त्यसमध्ये ३२ हजार ८८८ जना अर्थात १८.११ प्रतिशतले मात्रै उतीर्ण भएका हुन् ।

प्रदेश १ बाट ३१ हजार ६८८ जना सहभागी भएकामा ६ हजार ४१९ जना, मधेशमा २५ हजार ८१ जना सहभागी भएकामा २ हजार ६५७ र बागमतीमा २६ हजार २८२ सहभागी भएकामा ६ हजार ५१९ जना उतीर्ण भएका छन् ।

त्यसैगरी गण्डकीमा १७ हजार ७६ परीक्षार्थीमध्ये ३ हजार ७५१, लुम्बिनीमा ३५ हजार १७९ परीक्षार्थीमध्ये ७ हजार ३०५, कर्णालीमा २४ हजार ६१३ परीक्षार्थीमध्ये ३ हजार २४४ र सूदुरपश्चिममा २१ हजार ६५६ परीक्षार्थीमध्ये ३ हजार २६३ ले मात्रै लाइसेन्स पाउन सफल भएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस