काभ्रेमा पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु

    ३० भाद्र २०७९, बिहीबार १०:२०  मा प्रकाशित
75 जनाले पढ़िसके









काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति साढे १ बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने उनका छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया सावित्री तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ठूलीमायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष ताराराना तिमल्सिनाका अनुसार केही दिनदेखि सञ्चालन हुँदै आएको ढंगाखानी माथिबाट झरेको पहिरोले घर तामाङको घर पुरेको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस