हाइड्रोमा सबैभन्दा अब्बल कुन छ त ? सबैभन्दा बढी ईपिएस भएका जलविद्युत कम्पनी यस्ता छन्

    ३० भाद्र २०७९, बिहीबार २०:२५  मा प्रकाशित
33 जनाले पढ़िसके









काठमाण्डाैं

नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । सामान्यत कम्पनीको वित्तिय विवरणका आधारमा नै कम्पनीले कति प्रतिफल दिन सक्ला भन्ने अनुमान गर्न सकिन्छ ।

अघिल्लो वर्षको यसै अवधिमा नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दै अलटाईम हाईको रेकर्ड समेत बनाएको थियो तर त्यसपछि बजारमा भएका विभिन्न घटनाहरुले बजार निरन्तर ओरालो यात्रामा छ ।

यो एक वर्षको अवधिमा नेप्से परिसूचक घटेर १८०७ को विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २००० को विन्दुकै आसापासमा घुमिरहेको देखिन्छ ।

यो पटकको बुलमा सबैभन्दा बढी सेयर मूल्य वृद्धि हुने समूहमा हाइड्रोपावर सेक्टर समेत पर्दछ । नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दा सबै जलविद्युत कम्पनीहरुको सेयर मूल्य समेत उच्च विन्दुमा नै पुगेको थियो तर बजारको गिरावटसँगै यो सेक्टरका कम्पनीहरुको सेयरमूल्य घट्यो ।

अन्य कम्पनीहरु जस्तै हाइड्रोपावर सेक्टरका अधिकांश कम्पनीहरुले पनि गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तिय विवरण प्रकाशित गरिसकेका छन् ।

गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तिय विवरणलाई हेर्दा सबैभन्दा बलियो रिडी पावर कम्पनी देखिएको छ । रिडी पावर कम्पनी साविकको रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरका बीचमा मर्जरबाट बनेको कम्पनी हो ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा रिडी पावरले ५४ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल देखिन्छ । उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २१ पैसा रहेको दखिन्छ ।

त्यस्तै ईपिएसका हिसाबले हेर्दा रिडी पावर पछि सबैभन्दा बढी ईपिएस भएको कम्पनी माउन्टेन इनर्जी लिमिटेड रहेको छ समिक्षा अवधिमा कम्पनीको ईपिएस ३१ रुपैयाँ ५ पैसा रहेको छ । अर्थसंसारले लेखेकाे छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस