छ्यादी खाेलाकाे भिरमा अड्किएका शिक्षककाे २२ घण्टापछि उद्धार

    २ आश्विन २०७९, आईतवार १७:११  मा प्रकाशित
113 जनाले पढ़िसके









सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ छ्यादी खोलामा नुहाउने क्रममा हिजो शनिवार बेपत्ता भएका शिक्षक सिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । दोलखाको कालीञ्चाेक गाउँपालिका ३ स्थायी घर भएका सिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

शिक्षक सिवाकोटी ढुङ्गामा अड्किएको अवस्थामा फेला पर्नुभएको थियो । भिरबाट सिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो । उद्धारपछि काठमाण्डौ ल्याएर उहाँको उपचार भइरहेको छ ।

तस्बिर : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाकाे फेसबुकबाट

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस