अब तत्काल लाइसेन्स चाहिए अनलाइन आवेदन दिन सकिने, कसरी दिने आवेदन ?

    ३ आश्विन २०७९, सोमबार १५:५७  मा प्रकाशित
534 जनाले पढ़िसके









अब सेवाग्राहीलाई तुरुन्तै चालक अनुमति पत्र आवश्यक परे अनलाइन आवेदन दिन सकिने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।

विभागले असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ ।

यस अघि कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो । तर, अहिले नयाँ सिस्टम ल्याए पनि अनलाइन बाटै घरबाटै आकस्मिक लाइसेनसको लागी आवेदन दिने पाइने भएको हो ।

खासगरी अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक,शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्ने विभागले जनाएको छ ।

यसका लागि सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्न सक्ने छन । निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेश गर्नुपर्नेछ ।

आवेदन दिनेको लागि विभागको यो साइटमा जानुपर्ने हुन्छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस